
असार ३,कालिकोट । कालिकोट जिल्लाको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह भिजनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर महावै गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन्।
शिक्षा स्वास्थ्य खेलकुदलाई पहिलो प्राथमिकता दिदै योजना बनाउने बताएका हुन अध्यक्ष शिंहले गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाइन,सडक,पुल,खानेपानी,पक्की भवनका संरचना निमार्ण गने बताएका छन्।
उनले कर्णाली प्रससंग कुरा गर्दै तत्काल प्रयटकिय क्षेत्र महावुमा सडक पुर्याउन डोजर मार्फत काम गर्न लगाएको बताए। उनले भने अवको एक दुई हप्तामा आफू लगाएतको टिम त्यहा पुग्ने र पर्यटन आगमनका लागि विभिन्न किसिमका काम गर्न लगाउने उनको भनाई छ।
अध्यक्ष सिंहले महावै गाउँपालिका समृद्ध बनाउनका लागि युवा परिचालन गरि बिकास निर्माणलाई प्राथमिकता दिने र युवा नै आजको आवस्यकता भएको बताउदै युवाका सल्लाह सुझावलाई गरण गर्दै अगाडी बडने कर्णाली प्रसलाई जानकारि दिए।



karnalipress
३ असार २०७९, शुक्रबार २०:३९