भिरवाट लढेकी महिलाको मृत्यु

भाद्र ७,कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा एक महिलाको भिरवाट लढेर निधन भएको छ । घाँस काट्न गएका वेला नगरपालिका -३ निवासि कृष्णप्रसाद पाण्डेकी श्रीमती वर्ष ३४ की जैपुरा पाण्डेको उपचारका क्रममा निधन भएको हो ।

यही भदौ ४ गते वनमा घाँस काट्न गएकाले भिरवाट लढेर गम्वीर घाईते पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो । सुरुमा घाँटी भाँचिएको भएता पनि शरिरको भित्री भागमा गम्वीर चोटका कारणले उनलाई बचाउन नसकिएको आफन्तले जनाएका छन ।

अस्पतालमा रहदा बचाउन धेरै प्रयास चिकित्सकले गरे । तर सम्भव भएन मृर्तकका आफन्त धनकृष्ण पाण्डेले भने । उनले पशु चौपायाका कारणले वर्षेनी वडा -३ का एक जनाको भिरवाटै लढेर ज्यान जाने गरेको बताए । नपालौ हुदैन पाल्ने हो भने घाँस लिन जादा भिरमा प्रति वर्ष एक जना मर्न तयार हुनुपर्छ पाण्डेले बिरक्तीदै भने ।

पशुकै कारणले चार जना छोरी र एक जना छोरा टुहुरा भएका छन । बालवच्चाको बिचल्ली, परिवारमा पिडा उतिकै यस्तै समस्या कालीकोटका नागरिकले भोग्दै आएका छन । वर्षेनी कालीकोटमा कम्तीमा पनि १५ जनाको पशुचौपागाईको गोठाला जादा, घास काट्न जादा र भिरालो वाटोमा हिड्दा ज्यान जाने गरेको छ । पछिल्लो समय मदिरा पनि जोडिएको छ । केही युवाको मदिरा सेवनका कारण भिरमा लढेर ज्यान जाने गरेको छ ।