कर्णाली प्रेस । मान्छे लगाएर हत्या गरेको नेता शाहीको दाबी
कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नं १ लुसाका ५५ वषिय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो । स्थानीय जिते बजार तर्फ गईरहेका वेला भिरवाट लढेर मृत्यु भएका जैसिको लढेर नभई उनकै जुवाईले मान्छे लगाएर मारेको आफै स्वीकार गरेका छन् । मृर्तक जैसिको छोरी गिता जैसीसंग सम्बन्ध राखेकै कारणले शाही र जैसी परिवार बिच बिवाद हुदै आएको थियो ।
दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं ५ कट्टीका स्थाई वासिन्दा हाल कालीकोट सदरमुकाम मान्म बस्दै आएका दानवहादुर शाहीले गिता जैसीसंग अबैध सम्वन्ध राखेर एक छोरा समेत जन्माएका थिए । माईती पक्षले आफ्नो छोरीको जिम्मा लिन भन दवाफ दिए । शाहीले पनि गर्भ बसिसेकाले कान्छी श्रीमतीका रुपमा स्वीकार पनि गरेका थिए । छोरा जन्मेसंगै शाहीले कान्छी श्रीमतीलाई हिन्सा गदै आए, छोरीलाई हिन्सा गरेको माईती पक्षलाई मन परेन र गिताका माइती पक्षले हिन्सा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए ।
हिन्सा वढ्दै गएपछि गिताका माईती पक्षले दानवहादुर शाही (गिताका श्रीमान) बिरुद्ध गितालाई नै प्रहरीमा उजुरी गर्न लगाएका थिए । आफुलाई प्रहरीमा उजुरी गरेको र हाल गिताले पनि अदालतमा अंशवण्डाको मुद्धा दर्ता गराएपछि गिताका बुवाको मृत्युको कारण खुलेको छ । एमाले कालीकोट पार्टी कार्यालय सचिव समेत रहेका शाहीले आफ्नो कान्छी श्रीमतीलाई म्यासेन्जर मार्फत सन्देश पठाउदै अदालतवाट मुद्धा फिर्ता नलिएमा हत्या गरिदिने भनेका छन ।
नेता शाहीले गिता जैसिलाई लेखेको म्यासेजमा तेरो बुवाको हत्या पनि आफुले गाउँकै केटा लगाएर भिरवाट धकेलेर गरेको र तेरो हालत पनि त्यस्तै बनाईदिने भनेका छन । उनले धेरै पटक लेखेको म्यासेजमा वकिल, न्यायधिशलाई किनेको (खरिद) गरेको, पैसा भएमा सबै थोक हुने भन्दै तेरो अर्थात आफ्नै कान्छी श्रीमती) र उसबाट जन्मेको छोराको हातल पनि त्यही बनाई दिने भनेका छन । आफैले जन्माएको छोरालाई पनि मारिदिने भनेका छन ।
म्यासेन्जरमा लेखेको चेतावनीमा कान्छी श्रीमतीलाई तेरो छोरालाई पनि मान्छे लगाएर मान्छु, ठकुरीको छोरा हो पछि हट्दैन । तेरो छोरा मारेपछि कसरी लिन्छस अंशवण्डा भन्दै बिभेदकारी शब्दले गाली समेत गरेको देखिन्छ । आफ्नो कान्छी श्रीमतीलाई काठिनी सम्म भनेका छन । जुन वाहुनलाई बिभेदका रुपमा गाली गर्ने शब्द हो । यती सम्मकी आफुवाट जन्मेको छोरा आफ्नै भएको स्वीकार गरेका छन ।
ठकुरीको छोरा हो, पछि छोडेदैन अंश अबस्य लिन्छ, त्यसैले अहिले नै मारिदिन्छु । गितालाई मुद्धा फिर्ता लिन लगाउन चेतावनी दिएको प्रमाण सहित शाही बिरुद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले चासो नदिएको गिताका आफ्न्तको भनाई छ । आफु हिन्सामा परेको भन्दै धेरै पटक प्रहरीमा उजुरी परेपनि राजनिति पावरका कारणले प्रहरीले बिना कार्वाही मेलमिलाप गराउदै आएका थियो ।
karnalipress
१० भाद्र २०८०, आईतवार ०७:३७