
श्रावण २०, कालिकोट जिल्लाकाे रास्कोट नगरपालिका वडा नं.२ सिपखाना चूडीमूलका जन्म सिम्खडाको घरमा विद्युत सट भई आगलागी भएको छ।
मंगलबार दिउसो विद्युत सट हुदा घरमा आगलागी भइ पुरै घर जलेर नष्ट भएको वडाध्यक्ष दयाराम सिम्खडाले जानकारी दिनुभयो। घरमा आगलागी हुदा कुनै मानवीय क्षेती नभएको तर धनमाल,लत्ता कपडा र खाध्यान्न पुरै जलेर नष्ट भएको उहाँले बताउनुभयो।



karnalipress
२० श्रावण २०७८, बुधबार ०७:३३