म जित्न कहाँ सक्छु “आमा ” हार सम्झीए पछि।

भाद्र २५,कालिकोट गजल
म जित्न कहाँ सक्छु र आमा हार सम्झीए पछि।
मैले आफन्तै बाट पाएका प्रहार सम्झीए पछि।

जीवन जिउनुको पनि यहाँ कुनै रहस्य देखीन।
मानबले मानव लाई गर्ने ब्यबहार सम्झीए पछि।

अलिकति शिक्षित भएको पनि काम नलाग्न सक्छ।
जताततै राजनीति चल्छ अरे समचार सम्झिए पछि।

म त गाउँमा मेलापात गर्दै हुर्केकी मान्छे हजुर।
ती अनगिन्ती महङ्गी बढेका बजार सम्झीए पछि।

म जित्न कहाँ सक्छु र आमा हार सम्झीए पछि।
मैले आफन्तै बाट पाएका प्रहार सम्झीए पछि।
२,
कोही फुर्सद  पाउदैन्न कोही काम  पाउदैन्न।
कोही दीन भरीको कमाइ दाम पाउदैन्न।
कसैलाइ भ्रष्टाचारले घर घडेरी बनायो हजुर।
कोही आफ्नै कमाईको पनी इनाम पाउदैन्न।

✍️,सम्पदा बुढा पचालझरना- ७ कालिकोट