
असोज १३,काठमाण्डाै। महिलाको चरित्र हत्या गर्ने खालका भिडियो युट्युब च्यानलमार्फत प्रसारण गर्ने चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुरका प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोटको सूर्यगढी गाउँपालिकाका शिशिर अधिकारी, सराईचुली मिडियाका सञ्चालक मोरङकाे बेलबारीकी पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखाको मेलुङ गाउँपालिका घर भएका रोधन तामाङ रहेका छन् ।
काठमाण्डौमा बसेर युट्युब सञ्चालन गर्ने उनीहरूलाई काठमाण्डौबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महिलाको तस्बिरसहित चरित्र हत्या हुने खालका भिडियो युट्युबमा राखेको पाइएकाले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको नेपाल प्रहरी साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरिक्षक नविन्द्र अर्यालले जानकारी दिनुभयो ।



karnalipress
१३ आश्विन २०७८, बुधबार १८:१२