अध्यक्ष बमको “महान मेरी आमा” गितको भिडियो सार्वजनिक

असोज ७,कालीकोट। जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँतिकान्छाको “महान मेरी आमा” गीतको म्यजिक भिडियो सार्बजनिक भएको छ।
गीतमा स्वर र संगीत महेन्द्र शाही रास्कोटीको छ, भने गीतमा शब्द लक्ष्मण बम पलाँति कान्छाको रहेको छ। उक्त गीतमा अभिनय लक्ष्मण बम पलाँति कान्छा र गोरिकला बमको छ। उक्त भिडियोको निर्देशन आशा शाही,एरेन्ज सुरेश शाहीले गर्नु भएको हो।
पछिल्लो समय माया प्रेमका गित बजारमा आहिरको बेला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँति कान्छाले भने यो संसार देखाउने श्रृष्टीकर्ता आमालाई सम्झेर बजारमा “महान मेरी आमा” बोल्को गित ल्याएको बताउनु भयो।

कालिकोट जिल्लाका विभिन्न ठाउँमा भिडियो र अडियो गीत नेपाली मौलिकता झल्काउने खालको भएकोले दर्शकहरुले मन पराई दिनु हुने छ,भन्ने कुरामा आफु बिस्वस्थ रहेको बमको भनाई छ,।

भिडियो