राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कालीकोटको अध्यक्षमा न्यौपाने चएन

कालीकोट २२ कार्तिक। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कालिकोटको अध्यक्षमा निदेशक तथा कलाकार खगेन्द्र न्याैपाने निबिरोधरुपमा चएन हुनु भएको छ। राष्ट्रिय लाेक तथा दाेहाेरि गित प्रतिष्ठान कालिकोटकाे पहिलाे चुनावि साधारण सभाले अध्यक्षमा खगेन्द्र न्याैपानेलाई निबिरोधरुपमा चएन गरेको हो।

राष्ट्रिय लाेक तथा दाेहाेरि गित प्रतिष्ठानमा अध्यक्ष विश्वनाथ सिम्खाडाकाे सभा अध्यक्षता, देउडा सम्राट तथा लेखक नेत्रराज शाहीकाे प्रमुख आतिथ्यता, संगितकार, गायक तथा पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टकाे प्रमुख आतिथ्यता, पत्रकार महासंघका पुर्व अध्यक्ष तुलाराम पाण्डे , प्रेस चाैतारि नेपालका केन्द्रीय सदस्य कालिबहादुर मल्ल ,वर्तमान उपाध्यक्ष नवराज याेगि पत्रकार विस्नु न्याैपाने लगायतकाे आतिथ्यतामा उद्घाटन गरिएको थियाे ।

२०६८ सालमा स्थापना गरिएको प्रतिष्ठान बिचमा केन्द्रले खारेज गरेकाे थियाे । नि. वर्तमान अध्यक्ष विश्वनाथ सिम्खाडाकाे नेतृत्वमा सचिव पुष्पराज भट्टराई , पुर्व केन्द्रीय सदस्य कृष्नराज धमला, भरतराज विष्ट लगायतका कलाकारहरूकाे सक्रियतामा खारेज भएकाे शाखा पुनरस्थापित गरि केन्द्रले वैधानिकता दिएपछि कालिकोट शाखाले मान्यता पाएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेत्रराज शाहीले खारेज भएकाे शाखा कागजि रूपमा मान्यता पाएकाे भन्दै अब राष्ट्रिय लाेक तथा दाेहाेरि गित प्रतिष्ठानले हरेक सांगीतिक गतिविधि बढाउनु पर्ने बताए । कालिकोट शाखाले कर्णालिकाे माैलिकता जाेगाउदै लुकेका लाेक प्रतिभाकाे उजागरण गर्ने विश्वास व्यक्त गरे । यस्तै विशेष अतिथि भरतराज विष्ट, विस्नु न्याैपाने, तुलाराम पाण्डे, कालिबहादुर मल्लले अब राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानले केन्द्रमा प्रतिनिधित्व गर्दै खारेज भएकाे शाखा ल्याउने नि वर्तमान समितिलाई धन्यवाद दिए ।

अवकाे नयाँ आउने समितिले पनि प्रतिष्ठानलाई थप अगाढि बढाउन महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताए । लगायत कार्यक्रममा उपस्थित कलाकार हरूले आ आफ्नाे प्रस्तुति राखेका थिए । यसैविच चुनावी साधारण सभाले सर्व सहमति कलाकार खगेन्द्र न्याैपानेलाई राष्ट्रिय लाेक तथा दाेहाेरि गित प्रतिष्ठान कालिकोटकाे अध्यक्षमा सर्वसहमत निर्वाचित गरेकाे छ ।

भरतराज विष्टका नेतृत्वमा विस्नु न्याैपाने र नमराज याेगिकाे रहेकाे निर्वाचन मण्डलले विधानमा रहेअनुसार १९ सदस्यीय समिति निर्वाचित भएकाे घाेषणा गरेकाे छ । लामाे समयदेखि नेपाली लाेक तथा दाेहाेरि क्षेत्रमा याेगदान राखेकाे भन्दै न्याैपानेकाे अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे छ ।

जसमा नि. वर्तमान अध्यक्ष विश्वनाथ सिम्खाडा , नव निर्वाचित अध्यक्ष खगेन्द्र न्याैपाने पहिलाे उपाध्यक्षमा तिलक बुढा, दृतिय उपाध्यक्षमा एशाेधा विक, सचिवमा पुष्पराज भट्टराई , सह सचिवमा ईप्सल संज्याल काेषाध्यक्षमा रामप्यारि विक, सह काेषाध्यक्षमा बाहादुरे विश्वकर्मा (संगित प्रेमि) सहित १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत निर्वाचित गरेकाे घाेषणा गरेकाे छ ।