नेकपा विप्लवको एमसीसीविरुद्ध काठमाडौंमा वि’रोध प्रदर्शन

२८ भाद्र,काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ९विप्लव समूह०ले आज काठमाडौंमा एमसीसीको सम्झौताको बि’रुद्ध प्रदर्श’न गरेको छ । राष्ट्रियतामाथि ह’मला भइरहेको निष्कर्ष निकालेको विप्लव समूहले आज काठमाडौंमा विरो’ध प्रदर्श’न गरेको हो ।

अहिले यस समूहले टुडिँखेलस्थित खुलामञ्चमा विरोध सभा गरिरहेको छ । प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरू सहभागी भएका छन् ।

गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन चार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका थिए ।एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आइतबार अमेरिका फर्किसकेकी छन् ।