भालुकाे आक्रमणबाट घाइतेकाे हेलिकप्टरबाट उद्वार

असोज २५,कालीकोट । भालुको आक्रमणबाट घाइते भएका नरहिरनाथ गाउँपालिका वडा नं.४ अदेला निवासी गज बहादुर सहकारीका छोरा २५ बर्षिय लाल बहादुर सहकारीलाई हेलिकप्टरबाट उद्वार गरिएकाे छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पश्चात् बाँकि थप उपचारका सम्भव नभए नभएपछि घाइते सहकारीलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएकाे हो ।

विहान ६ बजेतिर घरदेखि लेकतिर जाने क्रममा भेरेखोलामा भालुले आक्रमण गरेको थियाे विगत देखी नरहरिनाथ लगायत कालिकोटका विभिन्न स्थानहरुमा भालुको आक्रमणबाट स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।by- kalikotkhabar