कर्णाली राजमार्ग खुलाउन ड्रिल मेसिनको प्रयोगः ढुङगा फुटाईदै

कार्तिक ४, कालिकोट। अविरल वेमौसी वर्षातका कारण कर्णाली राजमार्गमा यात्रारत यात्रुहरुले सास्ती खेप्नु परेको छ । वर्षातले यो सडकका विभिन्न खण्डमा पहिरो जाँदा यात्रु र सवारी चालकहरुले तीन दिनदेखी सास्ती खेपिरहेका छन् । कालिकोटको पिली र शेरीघाटमा वर्षापछि पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध छ । कालिकोटको मान्म–नाग्म सडक खण्ड तीन दिनदेखी अवरुद्ध छ ।

पिलिमा खसेको पहिरो पन्छ्याउन तीनदेखी सडक डिभिजन कार्यालय जुम्लाको डोजर नसकेपछि राजमार्ग खुलाउन ड्रिल मेसिन लगाएर बिस्पाेट गरी ढुङगा फुटाईदै छ । सडकमा ठूला ढुंगा अडिएकाले डोजरले हटाउन कठिनाइँ भएपछि विस्फोट गरेर फुटाउने तयारी थालिरहेको पहिरो स्थलमै रहेका पत्रकार प्रेमराज सिम्खडाले जानकारी दिए।

‘अहिले सडकमा रहेका ढुंडामा  ड्रिल मेसिन लगाएर प्वाल पर्ने काम भइरहेको छ केही समय लाग्छले छ ,’ सिम्खडाले भने, ‘आज रातीसम्म सडक सुचारु गर्ने गरी प्रहरी,नेपाली सेना र स्थानिय खटिएका छन् ।’ यता कालिकोटको शेरीघाटमा पहिरो जाँदा बुधबार साँझदेखी राजमार्ग अवरुद्ध छ । सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला, मुगु राराताल घुम्न जाने र आउने यात्रुहरुको विचल्ली भएकाछन् ।

                                                                  पिलिमा खसेको पहिरो

                                                            शेरीघाटमा खसेको पहिरो