अवरुद्ध दाम्रीखाेला विद्युत सन्चालनमा

पलाँता। पहिरोले अवरुद्ध भएको दाम्री खाेला जलविद्युत आयाेजना सन्चालनमा आएको छ।

पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम,निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम र कर्मचारी सहितको टाेलिले बगाएको नहरको पहिरो हटाई  अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि  शनिबारबाट विद्युतलाईन संन्चालनमा आएको हाे।

विद्युतलाईन संन्चालनमाआएपछि गाउँपालिकाकाे वडानं.९का नागरिक खुसि भएका छन्।गएको असाेज ३१गते देखिको अविरल बर्षाले दाम्री खाेलाकाे  विद्युतलाईनकाे नहर बगाएको  थियो ।