पक्की भवनकाे शिलान्यास

पलाँता। कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नं.२ मा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छाले ५ कोठे पक्की भवनको शिलान्यास गर्नुभएको छ।

मंगलबार गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छा, उपाध्यक्ष दाना न्यौपाने,वडानं.९ का वडा अध्यक्ष टक्क बहादुर बम, २का अध्यक्ष बिरि कामी पत्रकार लगाएको उपस्थितिमा सिद्वनाथ आ.बिको ५ कोठे पक्की भवनको गशिलान्यास भएको हाे।

गुणस्तरीय आधारभूत शिक्षा र किशोर किशोरीकालागि जीवन उपयोगी सीपमा सुधार ल्याउनकालागि सम्पूर्ण बालबालिकाले पुर्व-प्राथमिक तथा आधारभूत शिक्षाको सुनिश्चित गर्न र विद्यालयमा शैक्षिक संरचनाको मर्मत र निर्माणकाे लागि सिद्वनाथ आ.बिमा नयाँ भवनको सिलान्यास  गरिएको गाउँ पाँलिका अध्यक्ष लक्ष्मण बमले बताउनुभयाे।