
मंसिर २६ कालीकोट । आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटबाट भिडियो एक्स रे सेवा सुरु भएको छ । निःशुल्क सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स रे सेवा पनि निःशुल्क गरेपछि नागरिकहरू खुशी भएका छन् ।
सबै बिरामीका लागि भिडियो एक्स रे सेवा, वाथ रोगिहरूको लागी स्टीम बाथ, निशुल्क, स्वास्थ्य परिक्षण लगायत आयुर्वेद औषधिहरू निःशुल्क वितरण गर्दै आएको कार्यालय प्रमुख विरेन्द्रबहादुर केसीले बताउनुभयो ।
कालिकोटमा विद्युत, सोलार सहित उपकरण अभावले सर्वसाधारण नागरीकले मर्का खेप्नु परेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले बालबालीकादेखि वृद्धवृद्धालाई स्थानिय जडिबुटिबाट उत्पादित औषधिको माध्ययमबाट उपचार गरिरहेकोे छ ।
कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा पाईने जडिबुटीबाट औषधि उत्पादन गरी निशुल्क सेवा दिँदै आएको वरिष्ठ वैद्य लक्ष्मी प्रसाद पाण्डेले बताउनुभयो । अहिले आयुर्वेद केन्द्रमा आमा कार्यक्रम, जेष्ठ नागरीक प्रर्वद्धन कार्यक्रम, औषधि निर्माण सेवा, बिरामी भर्ना सेवा, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम लगाएतका विभिन्न कार्यक्रमहरु निःशुल्क सञ्चालन गरेको जनाएको छ ।



karnalipress
२६ मंसिर २०७८, आईतवार १०:१०