अखिल नेपाल महिला संघको अध्यक्षमा थममाया थापा मगर चयन

श्रावण ११, काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको संयोजकमा पूर्वमन्त्री थममाया थापा मगर चयन गरीएको छ।अनेम संघको आइतबार सम्पन्न सचिवालय बैठकले सहसंयोजक थापालाई संयोजक चयन गरेको हो ।

यसअघिको संयोजक सीता पौडेल गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि खाली रहेको ठाउँमा सहसंयोजकलाई जिम्मेवारी दिइएको अनमेसंघकी सचिव सुजिता शाक्यले जानकारी दिनुभयो।