
२४ पुस, कालीकोट । नेकपा एमाले कालीकोटको दशौ जिल्ला अधिवेशन उद्घाटन गरीएको छ। नेकपा एमालेका कार्यबहाक अध्यक्ष रमेश कुमार शाहीको अध्यक्षता तथा नेकपा एमालेका जिल्ला संयोजक एवं पार्टीका केन्द्रीय सदस्य नगिन्द्र शाही नेश्नलको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको हो।
एमाले अधिवेशनबाट जिल्ला अध्यक्षका लागी रमेशकुमार शाही, धिरवहादु बम, युवा नेता दयाराम सिम्खडा, तुलाराज मल्ल र जसिप्रसाद पाण्डे आकाँक्षी देखिएका छन्। उनिहरुले औपाचारिक रुपमा अध्यक्षको दावि नगरेपनि सञ्चारमाध्यममा भने अध्यक्षको दावि रहने वताउदै आएका छन्।
कार्यक्रममा भोलिबाट बन्द सत्रसुरु हुने बताईएको छ। अधिवेशनबाट एमाले कालीकोटमा नयाँ नेतृत्व चयन हुने प्रचार प्रसार संयोजक दयाराम सिम्खडाले जानकारी दिनुभयो।



karnalipress
२४ पुष २०७८, शनिबार १७:५३