वडा अध्यक्ष बोहराद्वारा पदभार ग्रहण

जेठ १५,कालिकोट। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रदिप बोहराले पदभार ग्रहण गरेका छन्। आइतबार गणतन्त्र दिवसको अवसरमा वडा नम्बर ९ का नव निर्वाचित वडा अध्यक्ष र सदस्यहरुले पदभार ग्रहण गरेका हुन्।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बोहोरा विजयी भएका थिए। उनले ४ सय ४२ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी माओवादी/समाजवादी गठबन्धनका अम्मरबहादुर शाहीले ४ सय १२ मत प्राप्त गरेका थिए। त्यस्तै नेपाली कांग्रेसका गणेशबहादुर शाहीले ३ सय २७ मत प्राप्त गरेका थिए। उक्त वडामा अध्यक्ष पदमा १ सय १८ र ३८ मत पूर्ण बदर भएको थियो।

यस्तै खुल्ला सदस्यमा एमालेका दानबहादुर शाही, दलित महिला सदस्यमा नेपाली काग्रेसका भरु दमाई, महिला सदस्य जया बोहोरा र खुल्ला सदस्यमा बलि बोहोरा विजयी भएका छन्। २५ वर्षे युवा बोहरा कर्णालीकै कान्छो निर्वाचित जनप्रतिनिधि बनेका छन्।

बोहराको राजनीतिक जीवन

२०६८ सालमा कक्षा ८ मा पढ्दै गर्दा जनप्रभात माध्यमिक बिद्यालयको अनेरास्ववियु प्ररम्भिक कमिटी अध्यक्ष,

२०६९ सालमा अनेरास्ववियुको १०औं जिल्ला सम्मेलनबाट जिल्ला कमिटी सदस्य,

२०७२ सालमा कान्तिपुर कलेज काठमाडौँ कमिटी सचिव

नेकपा एमाले र एमाले निकट विभिन्न जनबर्गिय संगठनका विभिन्न आन्दोलनमा सहभागी

विभिन्न सामाजिक काममा आफ्नो सहभागिता

करिब ६ वर्षसम्म सामेलहुँदै राजनीतिलाई अध्ययन

त्रिचन्द्र कलेजबाट २०७७ सालमा राजनिती शास्त्रमा स्नातक तह अध्ययन

२०७८ पुस २३ गते भएको नेकपा एमाले १०औ जिल्ला अधिबेशनको प्रतिनिधि

२०७८ साल माघ ५ गते नेकपा एमाले नरहरिनाथ गाउँ कमिटीको विशेष अधिबेशनबाट पार्टी सचिवको जिम्मेवारी