
बैशाख ४,दैलेख। जिल्लाको आठबिस नगरपालिकाको खिड्कीज्यूला—पिपलकोट जोड्ने सडक निर्माण सुरु भएको दश वर्षसम्म पनी सडक निर्माणले गतिलिन सकेको छैन्। २०७० सालबाट निर्माण थालिएको भएपनी बिभिन्न पर्टी र दलको खिचातानीले सडक अधुरै छ ।
पिपलकोट पुग्ने सडक छैन। जिल्लाकै विकट यो गाउँमा खाद्यान्न तथा भौतिक पूर्वाधार निर्माणका लागि सामग्री ढुवानी गर्न समस्या छ। स्थानीय बासिन्दाले दैनीक ६ घण्टाको पैदल बोटामा पसिनाबगाउदै सास्ती खेपिरहेका छन्।
तर,सडक निर्माणको लागि विनियोजन बजेट भने कार्यान्वयन हुन सकेको छैन्। कर्णाली राजमार्गमापर्ने खिड्किज्यूलादेखि पिपलकोट वडा कार्यालय जोड्ने सडक निर्माण योजना अलपत्र परेको छ । उपभोक्ता समितिमा दलहरूले भागबन्डा खोज्दा सडक निर्माणको कामहुन नसकेको हो ।
स्थानीयका अनुसार उपभोक्ता समितिले काम गरेका कारण सडक निर्माणले गतिलिन नसकेको बताएका छन्। भौगोलीक रुपमा विकट चट्टनी भागमा कामगर्न समस्या थपिने गरेको छ । उपभोक्ता समितिले काम गरेर गोरेटो बाटो पिपलकोट पुगाएपनी अहिले नागरिकलाई दैनीक समस्या हुने गरेको छ ।
स्थानीय नैन शाहीका अनुसार उपभोक्ता समिति गठनमा विवाद हुँदा पछिल्लो केही वर्षदेखि सडक निर्माणको काम तिब्र गतिमा हुन नसकेको बताए । ‘सडक निर्माण तथा मर्मतको काम गत कात्तिकमा सकिसक्नुपर्ने थियो,विवादकै कारण कामै हुन सकेन,पुनः म्याद थप भएको छ,अहिले उपभोक्ता समिति गठनमै विवाद भइरहेको छ,’ उनले भने ।
सडक बोर्ड र आठबिस नगरपालिकाको साझेदारीसहित ४१ लाख रुपैयाँ लागतमा निर्माण हुनुपर्ने सडकको कामसुरु हुन नसकेको वडाध्यक्ष बजिरसिंह विकले बताए । सडक निर्माण नहुदा विकास निर्माणका कामहरु पनी तिब्र गतिमा हुन सकेका छैनन्। सडक नहुदा दीप मा.वि विद्यालयको भवन निर्माणमा समेत असर परेको छ। विद्यालयको चारकोठे भवन निर्माणको लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
विद्यालय भवन निर्माण असारमा सम्पन्न गरिसक्नुपर्ने छ । सडक निर्माण नहुँदा सामग्री ढुवानी हुन सकेको छैन्,भवन निर्माण पनि अलपत्र छ। स्थानीयलाई दैनिक उपभाग्य सामान ढुवी गर्नपनी सस्यामा छ ।
नगरपालीकाले पनी पिपलकोटको विकास निर्माणमा खासै चासो नदिएको स्थानीय बताउन्छन्। निर्वाचनका बेला सडक,विद्युत,खानेपानी,शिक्षामा राम्रो कामगर्ने भनेर भोट मागेका मेयर र्तकबहादुर बडुवाल र उपमेयर कल्पना थापा जितेपछि फेरी फकेर नआएको उनीहरु बताउन्छन्।
पहिला निर्माण भएको सडकको ठाउँठाउँमा पहिरोले बगाएको छ । पहिले काम गरे नगरेको छुटाउन नसकिने सडकमा स्थानीयको दैनिकि चल्छ ।
नगरप्रमुख तर्कबहादुर बडुवालले सडक निर्माणका लागि विवादरहित उपभोक्ता समिति गठन गरेर आउन आग्रह गरेको बताए। ‘सडक निर्माणको काम छिटो सुरु हुनुपर्छ भन्नेमा नगरपालिकाले चासो दिइरहेको छ, समिति गठनमै विवाद हुँदा सडक निर्माणको काम गुणस्तरीय र दिगो हुँदैन त्यसैले वडाका अगुवाहरू बसेर विवादरहित समिति गठन गर्न भनेका छौं’ उनले भने ।



karnalipress
४ बैशाख २०८०, सोमबार १६:००