कर्णाली जेसिजको उपहार कारागारलाई भलिबल

श्रावण १७ ,कालिकोट जिल्लामा विभिन्न सामाजिक क्षेत्रहरुको प्रतिनिधित्व गर्दै आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको यस कर्णाली जेसिज कालिकोट बर्ष २०२१ ले पछिल्लो समय जिल्लामा खेलकुद बिकासका लागि विभिन्न युबा क्लब तथा अन्य निकायहरु लाई सहयोग गर्दै आयको छ।

जस अन्तरगत पलाता गाउपालिका युबा क्लबले पनि बल लगायत को खेलकुद सामाग्री बुझेको पलाता युबा क्लबका खेलाडी जगदिश बिष्टले बताउनु भयो र त्यसैगरी जनजीवन युबा क्लब ताडी लाई पनि भलिबल उपलब्ध गराइएको छ साथै आजकै दिन कालिकोट जिल्ला कारागार कैदी बन्दिहरुका लागि पनि एक जाली सहित ५ पिस भलिबल हस्तान्तरण गरियको अध्यक्ष लक्ष्मण कुमार शाहीले बताउनुभयाे।

उहाले भन्नू भयो “कारागार कालिकोट मा धेरै जसो युबाहरु रहेको हुदा आगामी दिनमा पनि थप युबा संग सम्बन्धित खेलकुद सामाग्री लगायत पुस्तकहरु पनि बितरण गरेका छाै”।

उक्त कार्यक्रममा कर्णाली जेसिजका निबर्तमान अध्यक्ष सबिन कुमार बिस्ट, महासचिव तुलराज पाण्डे,सदस्य प्रकाश बराल लगाएतको सहभागीता रहेको थियो ,कारागार का जेलर मान सार्कीले यस्तो सहयोग सधैंका लागि आवश्यक पर्ने भएकाले यो सहयोगका लागि विशेष धन्यवाद समेत दिएका छन् ।@diyokhabar