रामघाटमा यात्रुवाहक बसले जिपलाई ठक्कर दिँदा सात जना घाइते

श्रावण २१, दैलेख। कर्णाली राजमार्गस्थित चामुण्डा विन्द्रासैनी नगरपालिका–७ रामघाटमा यात्रुवाहक बसले जिपलाई ठक्कर दिँदा जिपमा सवार तीन बालबालिका सहित सात जना घाइते भएका छन् ।

ठाटीकाँध गाउँपालिकाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०२०४ नम्बरको जिपलाई नेपालगञ्जबाट मुगु तर्फ जाँदै गरेको ना ६ ख ७४१९ नम्बरको बसले ठक्कर दिएको हो ।

दुर्घटनामा ठाटीकाँध गाउँपालिका–३ बस्ने २१ वर्षीया मनिषा सारु मगर, २१ वर्षीया कल्पना तारामी मगर, २८ वर्षीय हिमाल बोगटी, ९ वर्षीया जीवन बोगटी, ७ वर्षीया कमला लामिछाने, १ वर्षीया लिजा आलेमगर र कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय खगेन्द्र अधिकारी घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको र घाइतेहरुको कर्णाली राजमार्गमै रहेको साङलेतडा स्थित स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेश साहुले बताउनुभयाे। प्रहरी निरीक्षक साहुका अनुसार बस, जिप र दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्करबाट जिपमा क्षति पुगेको प्रहरीले जनाएको छ । @annapurnapost