स्वास्थ्य चौकी थिर्पुमा कर्मचारी नहुदा काेलियामा सुत्केरी

कालिकोट। स्वास्थ्य चौकी थिर्पुमा कर्मचारी नहुदा कोलियामा सुत्केरी गराउनु गरेको छ। जिल्लाको पलाँता गाउँपालिकाको वडानं. ८ को बिसैनकोट स्वास्थ्य चौकीमा शुक्रवार जनबहादुर रोकायाका श्रीमती छाईला रोकायाले स्वास्थ्य चौकीको कोलियामा छोरी जन्माएकी हुन्।

स्थानिय नयन रोकायाका अनुसार “बन्द स्वास्थ्य चाैकी थिर्पुकाे काेलियामा  सुत्केरी गराउनु परो न कर्मचारी छन न कार्यलय सहयाेगी, कता छन वर्षनी करारमा भर्ती गरेका दर्जनाै कर्मचारीहरु? याे वाध्यता कि विवशता हो ?  दिउसाे ३ बजे  बच्चाकाे नावी समेत स्थानिय(आँसीले) काट्ने अवस्था छ।”

यस बिषयमा स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेलाई बुझ्दा सुत्केरी जस्तो क्षेत्रमा लापरबाही गर्ने कर्मचारीलाई आवश्यक कार्बाही गर्ने बताउनु भयो।अहिले पलाँतामा एउटा हस्पताल, ३ स्वास्थ्य चौकी, र ८ स्वास्थ्य इकाइ रहेका छन् स्वास्थ्य संस्थालाई ३ वटा गाडी हस्तान्तरण गरीएको भएपनि पलाँताका नागरीकले ढुक्क संग स्वास्थ्य सेवा पाउन सकेका छैनन्।