सानिमा बैंकद्वारा शैक्षिक छात्रवृती प्रदान

कालिकोट। कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ७ र वडा न .११ का दुई जना छात्राले कक्षा १२ पढ्नका लागि छात्राबृद्धी पाएका छन । सानिमा बैंक कालीकोट शाखाले दुर्गा मल्ल र अन्तीमा तिरुवालाई प्लस २( कक्षा ११÷१२) अध्यानका लागि जनही ५० हजारका दरले छात्राबृद्धी प्रदान गरेको हो ।

हरेक वर्ष सानिमा बैंकद्धारा जिल्लाका सवै शाखाहरुबाट संस्थागत उत्तरदायित्व शैक्षिक कार्यक्रम अन्तर्गत गरिब,जेहेन्दार तथा विपन्न परिवारका दुई जना विद्यार्थीलाई एक लाख छात्रवृति प्रदान गर्दै आएको छ । यसै कार्यक्रम अनुसार दुर्गा र अन्तीमा यस वर्षका लागि छनोट भएका थिए । आज एक कार्यक्रमका विच नेपाल पत्रकार महाँसंघ कालीकोटका पुर्व अध्यक्ष तथा कान्तीपुरक्रर्मी तुलाराम पाण्डेले खाँडाचक्र नगरपालिका ७ पिलीकी १५ वर्षिय दुर्गा मल्ल र खाँडाचक्र नगरपालिका वडा नम्बर ११ की १८ वर्षिय अन्तिमा तिरुवालाई कक्षा ११ र १२ पढ्नको लागी जनही ५०÷ ५० हजार को छात्रवृती प्रदान गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी, सहायक प्रजिअ, प्रहरी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई, गैरसरकारी संस्थाका प्रतिनिधिको छात्रावृति छनोट समितिले दुर्गा र अन्तीमाको नाम सिफारिस गरेको वैकले जनाएको छ । समितीले अभिभावक विहिन, गरिव, जेहन्दार र विपन्न परिवारका बालबालिकालाई छनौट गर्दै आएरहेको सानिमा बैंक शाखा कालीकोटका शाखा प्रवन्धक मछिन्द्र कुमार भण्डारीले वताउनुभयो ।

गरिब जेहन्दार र बिपन्न समुदायका बाल बालिका र विद्यार्थीलाई किर्डाक नेपालको तर्फबाट पनी सहयोग रहेको भन्दै सानिमा वैकसंग किर्डाकले सहयोग र समन्वय गर्ने जिल्ला संयोजक तुलाराम पाण्डेले वताउनुभयो । वालवालिकको शैक्षिक सुधारमा किर्डाकले पनि बिभिन्न क्षेत्रमा काम गदै आएकाले यस्ता काममा पनि सहकार्य गर्ने पाण्डेको भनाई छ