
१३ पुष,कालीकोट। कालीकोटका नौ स्थानीय तह मध्य केही स्थानीय तहले मात्र बिद्यालयमा सेटीनरी प्याड बितरण गरेको पाईएको छ । सरकारले माथिवाटै बिद्यालयमा सेनीटरी प्याड बितरणका लागि वजेटको ब्यवस्था गरेपनि स्थानीय तहले भने मनोमानी गरेको पाईएको छ ।
जिल्लाको रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, नरहरीनाथ गाउँपालिका र पलाँता गाउँपालिकाले शिर्षक अनुसार सेनीटरी प्याड बितरण गरेको भएपनि तिलागुफा नगरपालिका, महावै गाउँपालिका लगाएतले बिद्यालयमा सेटीटरी प्याड वितरण नगरेको सेवाग्रहीले वताएका छन ।
रास्कोट नगरपालिका शिक्षा शाखा प्रमु्ख प्रभुलाल न्यौपानेले गत वर्ष १८ लाखको ठेक्का हुदा १३ लाखमा ठेक्का सम्झौता गर्दा ३५ हजार पोका प्याड आएर हाल सम्म पनि अझै वाँकी रहेको वताए । नगरका दश बिद्यालय र वाँकी शिक्षिकालाई प्याड बितरण गरिएको थियो । अहिले वजेट आएपनि खरिद गर्ने पक्षमा नभएको न्यौपानेको भनाई छ ।
किन की पोहोरकै धेरै मौजात रहेकाले खाली वजेट खर्च नगरौ भन्ने छ उहाँले भन्नुभयो । तिलागुफा नगरपालिकामा वजेट आएपनि त्यो वजेट कसरी कहाँ खर्च गर्छ भन्नेवारे बिद्यालयलाई समेत जानकारी छैन । सत्यदेवि माध्यमिक बिद्यालयका छात्राले आफुले अहिले सम्म सेनीटरी प्याड नपाएको वताएका छन । छात्रा सुलोचना शाहीले आफु गत वर्ष एसईई दिएर ११ कक्षामा पढ्दैछु तर एक पटक पनि सेनीटरी प्याड नपाएको वताईन । खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाँ प्रमुख रविन्द्र सेजुवाल शाखाले आफुसंगको समन्वयमा सुरु देखिनै बितरण गदै आएको वताए।



karnalipress
१३ पुष २०७८, मंगलवार २०:४९