घटना ब्यावास्थापन सम्बन्धि पाँच दिने तालिम उद्घाटन

फाल्गुन १९,कालिकोट। केश वर्कर र सामाजिक परिचालन तथा घटना ब्यवास्थापन अधिकृतहरुकालागि संरक्षणका चरणहरुको साझा अबधारण सम्बन्धि ५ दिने तालिम उद्घाटन गरीएको छ। किर्डाक नेपाल कालिकोटको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा केश वर्कर अबधारण तथा घटना ब्यावास्थापन सम्बन्धि पाँच दिने तालिमको आयोजना गरिएको हो ।

किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको प्रमुख आतिथ्यता र प्रहरी प्रमुख डिएसपी सिद्वराज न्यौपाने,लगाएतको सहभागिता रहेको थियो।

कार्यक्रमले जिल्लाको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा हुने बालबालिका विरुद्घको घटना ब्यवास्थापन गर्न र बालबालिकामा हुने हिंसा बिरुद्ध अभियान चलाउन र बाल मैत्रि स्थानिय शासन लगाएत बिभिन्न बिषयमा छलफ गरीने बताईएको छ ।

कार्यक्रममा बोलदै प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी रामहरी र्शमाले बालबालिकाको क्षेत्रमा किर्डाक नेपाल र सेभ द चिल्ड्रेनले राम्रो काम गरेको बताउदै हिंसा सहरी क्षेत्रमा पनि बढदो रहेको हुदा यस्ता  अभियानले बालबालिकाको हिंसा रोक्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला संयोजक तुलाराम पाण्डेले बालबालिका माथिहुने हिंसा विरुद्घ अभियानमा सहभागि सम्पुणलाई सिकेको कुरा गाउँमा गएर बालबालिको क्षेत्रमा कामगर्न सुझाव दिए ।

कार्यक्रममा कर्डाक नेपालका रामबहादुर रावत, सरिता खर्त्री,प्रकाश शाही,सेभ द चिल्ड्रेनका बाले बिश्वक्रमा,लगाएको सहभागीता रहेको थियो ।