चर्चित विद्यार्थि नेता मल्ल: नेकपा एसको जिल्ला कमिटी सदस्यमा

असोज २४,कालीकाेट,लामो समयदेखि विधार्थी राजनीति गरिरहेका मल्ल पुर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एक्मी इन्जिनियरिंग कलेजका पूव अध्यक्षसमेत रहेका हिक्मतजंङ मल्ल नेकपा एसको जिल्ला कमिटी सदस्यमा मनोनित भएका छ।

कालिकोट जिल्लामा २,३ वर्षयता युवालाई खेलकुदमा जोड्नुका साथै कर्णाली प्रदेशकै ऐतिहासिक भलिवल प्रतियोगिता आयोजना गरि सफलतापूर्वक खेलसमेत सम्पन्न गदै ईर्न्जिनियरको जागिर छोडेर विद्यार्थी राजनीतिमा लागेका मल्ल अनेरास्ववियुको केन्द्रीय सदस्यमा मनोनित भईसके पछि विद्यार्थी राजनितिमा केही आशा पलाएको उनलेे बताए ।

पार्टीको हित र संरक्षणकालागि सधैभरी सकारात्मक लडाइँ र विरोध कार्यक्रम गरि नागरिकलाई न्याय दिन र विद्यार्थीका समस्याको लागि दिनरात नभनी लागि पर्ने मल्ल कोरानाको बन्दाबन्दिमा सामाजिक कार्यका लागि सधै अग्रसर थिए । अनेरास्ववियुका केन्द्रीय सदस्य भएका मल्ल लिङ्गासैनि युथ क्लबका अध्यक्ष पनि हुन।

उनी राष्ट्रीयता, सामाजिक न्यायका निम्ति कालिकोटमा मात्र नभयर काठमाडौंमा पनि आन्दोलनको उथ्थान गरेका मल्लले अनेरास्ववियु र पार्टीले आफ्नो मुल्यांकन गरि केन्द्रीय सदस्यमा मनोनीत गर्दा आफूले गरेको त्याग र परिश्रमको मुल्यांकन भएको उनले बताए  ।

कालिकोटका शैक्षिक मुद्दालाई आफ्नो ऐजेन्डा बनाउने, हरेक आन्तरिक र बाह्य देश, समाजको हितका लागि सधैभरी लागि पर्ने तथा विद्यार्थी राजनीतिमा लागेर शैक्षिक संस्थाहरुमा सुधारका अभियान थाल्न मल्लको भनाई छ।आईतवार विद्यार्थि नेता मल्ल नेकपा एसको जिल्ला कमिटी सदस्यमा मनोनित भएका हुन्।