पहिरो पिडित परिवारलाई लत्ताकपडा सहयोग

पलाँता। कालिकोट जिल्लाकाे पलाँता गाउँपालिका वडानं.९ का पर्वे सार्कीलाई राहत प्रदान गरिएको छ।असाेज ३१ देखि चार दिन सम्म परेको बर्षाले घरवारविहीन भएका पर्वे सार्कीका परिवारलाई पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले ब्याक्तिगतरुपमा लत्ताकपडा सहयोग गर्नुभएको हाे।

लत्ताकपडा दिदै अध्यक्ष बमले गाउँपालिकाबाट  ५ हजार नगद पनि दिने निर्णय भएको र अवकाे केही दिनमा घर पनि गाउँपालिकाले निर्माण गरिदिने बताउनुभयो ।

लत्ताकपडा बुझ्दै पर्वे सार्कीले आफ्नाे बुबा तपाईं नै भएको हुदा अन्यत्र जाने बाटो नभएर म तपाईंकोमा आएको हु। उहाँले ,लत्ताकपडा बुझ्दै आफ्नो घर पनि पलाँता सरकारले बनाईदिन सुन्अदा खुसी भएको बताउनुभयो।